कञ्चनपुरमा नुहाउन गएका १३ वर्षीय रघुवीरलाइ खोलाले बगायो



कञ्चनपुर, १६ असार :

शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् ।

झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।“खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ” उहाँले भन्नुभयो, “गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरेपनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन ।” खोजी कार्य आज पनि जारी रहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

डोल्पामा असार मसान्तसम्म ३३ केभी प्रशारण लाइन पुग्ने:भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको डोल्पामा ३३ केभीए प्रशारण लाइन विद्युत पुर्याउनका लागि तीन ठाउँबाट काम सुरु भएको छ ।

असार मसान्तसम्ममा त्रिपुराकोटस्थित सबस्टेसनमा विद्युत पुर्याएर अन्य पालिकामा विद्युत वितरण तीव्रता दिन काम भइरहेको विद्युत प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुम पश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सीमाना त्रिवेणी र मध्यडोल्पाको त्रिपुराकोटबाट एकसाथ प्रशारण लाइन निर्माणा चलिरहेको छ ।

डोल्पामा तत्काल विद्युत पुर्याउन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले हरेक महिना प्रगति विवरण पेश गर्न र कामलाई तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिइरहेका छन् । बुधबार मात्रै पनि नेपाल विद्युत प्राधिकरण प्रदेशिक कार्यालयले ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेसनबाट विद्युत लिन वाेलपत्र आह्वान गरेको छ ।

त्रिपुरोकोट सवस्टेसनमा विद्युत पुग्न बित्तिकै पालिकामा विद्युत पुर्याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिएको हो । दुई वर्षदेखि डोल्पामा विद्युत पुर्याउने भन्दै ठेक्का लागे पनि ढिलासुस्तीका कारण पूरा हुन सकेको थिएन । कामलाई तीव्रता दिन व्यवहारमुखी गति हुनुपर्ने मन्त्री सिंहले बताए । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत नहुँदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्