‘केजीएफ २’ हिट हुनेबित्तिकै यशले बढाए ह्वात्तै पारिश्रमिक



काठमाडौं, असार १६ –

भारतका स्टार बनेका कन्नड फिल्म अभिनेता यशले आफ्नो पारिश्रमिक बढाएका छन्। ‘केजीएफ २’ हिट हुनेबित्तिकै यशले आफ्नो पारिश्रमिक बढाएका हुन् ।

उनले राजुको फिल्ममा काम गर्न १०० करोड भारतीय रूपैयाँ पारिश्रमिक लिने भएका छन्। यो यशले पाउने हालसम्मकै सबैभन्दा महंगो पारिश्रमिक हो।यशलाई ‘केजीएफ’ सिरिजभन्दा पहिले यति ठूलो रकमको अफर आएको थिएन। यश र दिल राजुको यो फिल्म केही दिनमै फ्लोरमा जाने भएको छ।

शाहिद कपुरको ‘जर्सी’ र राजकुमार रावको ‘हिट’ निर्माण गरेपछि दिल राजु अब मेगा बजेटको फिल्म बनाउने योजनामा छन्, ।

‘विक्रम रोना’ मा किच्चाको पारिश्रमिक १५ करोड:कन्नड सुपरस्टार किच्चा सुदीप हालका दिनमा आफ्नो फिल्म ‘विक्रम रोना’का कारण चर्चामा छन् ।

फिल्मलाई हिन्दीमा सलमान खानले प्रस्तुत गर्दैछन् । सलमान किच्चाका मिल्ने साथी हुन् । फिल्ममा ज्याकलिन फर्नान्डिजको पनि अभिनय छ ।

यो फिल्मको बजेट करिब ९५ करोड हो । फिल्मका लागि किच्चाले झन्डै १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेका छन् । कन्नड फिल्ममा यति धेरै पारिश्रमिक लिने कलाकार कमै मात्र छन् ।

फिल्म ‘विक्रम रोना’ एक हरर एडभेञ्चरस फिल्म हो । फिल्ममा किच्चा एक प्रहरी अधिकृतको भूमिकामा देखिँदैछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्