भक्तपुरमा कोठा भाडा लिएर बसेका ३५ वर्षीय ज्ञान कोठाबाट सुनका गहना चोरी, कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट निकालेका थिए सुनका गहना



भक्तपुर, १६ असार –
मध्यपुर ठिमी नगरपालिका(३ गठ्ठाघर डेरा गरी बस्ने पाँचथर थाङवरक गाउँपालिका(४ घर भएका ३५ वर्षीय ज्ञान बहादुर दाहालको कोठाबाट करिब ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना बुधबार राति चोरी भएको छ ।

उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट सुनका विभिन्न गहना चोरी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

शेखर कोइरालाको भेलामा आपूर्तिमन्त्री बडू पनि सहभागी:कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला सुरु भएको हो ।

भेलामा डा.कोइराला, डा.रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी छन् । बडू देउवा सरकारका आपूर्ति तथा वाणिज्य मन्त्रीसमेत हुन् । यसअघि उनी रामचन्द्र पौडेल खेमामा थिए । कांग्रेसको १४औं महाधिवेशनसम्म पनि उनी पौडेलसँगै थिए । यसअघि कोइरालाले बोलाएको भेला र बैठकमा उनी सहभागी हुने गरेका थिएनन् । तर, बिहीबारको भेलामा बडू पनि सहभागी भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

यसैगरी, कांग्रेस केन्द्रीय समितिको बैठक दुई–दुई महिनामा बस्नुपर्ने व्यवस्था छ । तर, चैतयता कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।

कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्वमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट बनेको छ । यिनै विषयमा छलफल गर्न भेला बोलाएको कोइरालाले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्