नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त



काठमाडौं, १६ असार:

पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । र, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य रहेको छ ।देशभर सक्रिय संक्रमितको संख्या २८० रहेको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

राजविराजका सात पसललाई जरिवाना:खरिद बिल नदेखाउँने र अनुगमनमा असहयोग गर्ने सप्तरी राजविराजका सात पसललाई जरिवाना गरिएको छ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेर कार्वाही गरेको हो।

खरिद बिल नदेखाउने, अनुगमनमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरेएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्बेले जानकारी दिएका हुन् ।

उनका अनुसार मूल्यसूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर, नदिना फ्रुट एण्ड जनरल स्टोरलाई २० हजारका दरले र गौरव ट्रेडर्स एण्ड सप्लायर्सलाई १० हजार, सीता ट्रेडर्स र लेडी कलेक्सनलाई पाँच हजारका दरले जरिवाना तोकिएको सूचना अधिकारी खत्बेको भनाइ छ।

अनुगमनमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिदबिक्री केन्द्र र न्यु पूजा बस्त्रालयलाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्