असार २४ गते नायिका नीता ढुंगाना र ज्योतिष हरिहरको बिहे याक एन्ड यति होटलमा हुने



काठमाडौ । नायिका नीता ढुंगाना र युवा ज्योतिष तथा नायक हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध घाम झै छर्लङग् रहेको छ । जुनसुकै सभा समारोह तथा सामाजिक काममा यो जोडी सधै संगै देखिने गरेको छ । अब चाँडै नै यो जोडी बिबाह बन्धनमा बाँधिने भएका छन् । यो जोडीले असार २४ गते बिबाह गर्न लागेको खबर आएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गर्नु अगाडि नै नीता र हरिहरले घरजम गर्न लागेका हुन् । नीता र हरिहरको बिहे असार २४ गते याक एन्ड यति होटलमा हुँदैछ । असारको २५ वा २६ गते यी दुई जनाले आफ्नो बिहेको पार्टी समेत सोही होटलमा दिनेछन् ।

देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष:नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।

भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् ।

पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्