सरकारसँग एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न रावलको माग



काठमाडौं १६ असार :

नेकपा एमाले सांसद डा भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक माग गरेका छन् । बिहीबार काडमाडौंमा आयोजित एक कार्यक्रममा नेता रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।

‘त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ ।’ रावलले भने । ७ भन्दाबढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म सरकार कानमा तेल हालेर बसेको भन्दै रावलले यो देशको गृह मन्त्रालय कहाँ छ रु भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘६ देखि ७ देशमा शरणार्थीहरु नेपालमा आएर धर्ना दिइरहेका छन् ।

एउटा विदेशी कपाल खैरो, छाला गोरो भएकी एउटा महिलाले बोलिरहेको देखेँ । यो देशमा गृह मन्त्रालय कहाँ छ रु परराष्ट्र नीति कहाँ छ रु’ शरणार्थी अर्काको देशमा पठाउन नपाइने बताएका उनले भने,‘कि हवाई जहाजबाट आउनुप¥यो । नभए भारतबाट आउँछन् । शरणार्थी अर्काको देशमा पठाउन पाइँदैन । अनि कसरी नेपालमा आए रु’
,

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्