विबाह लगत्तै यी ह्याडसमसँग रोमान्स गर्दै गर्दा भेटीइन् सुन्दरी गायिका इन्दिरा जोशी



काठमाडौं, असार १६ ।

लोकप्रिय गायिका इन्दिरा जोशीको ‘पछ्यौरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गायिका जोशीले भिडियो बजारमा ल्याएकी हुन् ।

सार्वजनिक गीतमा शब्द तथा संगीत गायिका जोशीकै रहेको छ । प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेको गीतको भिडिओमा इन्दिरासँग ह्याण्डसम निराजन प्रधानले अनस्क्रिन रोमान्स गरेका छन् ।

लोक र पप शैलीमा तयार पारीएको गीतको छायांकन हरि हुमागाईंले गरेका हुन् भने गीतको भिडिओलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन्।

गायिका इन्दिरा जोशीले केही समयअघि डिजाइनर शरद केडियासँग बिहे गरेपछि बिहिबार मात्रै सार्वजनिक कार्यक्रममा देखा पर्दै आफ्नो पछिल्लो मेहेनबाट दर्शकको माया पाउने विश्वास लिएकी छिन् । हेर्नुहोस् भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्