युरोप छिर्न हिँडेका २० आप्रवासीहरुको लिबियाको मरुभुमीमा पानी खान नपाएर मृत्यु



युरोप छिर्न हिँडेका २० आप्रवासीहरुको लिबियाको मरुभुमीमा पानी खान नपाएर मृत्यु लिबिया हुदै युरोपेली मुलुक छिर्न हिँडेका चाडका २० जना आप्रवासीहरुको पानी खान नपाएर मृत्यु भएको छ ।

अफ्रिकी मुलुक लिबियाको मरुभूमिमा हराएका उनीहरु सबैको पानी पिउन नपाएर मृत्यु भएको पुष्टि भएको छ । उनीहरु २० जनाको शव सोही क्षेत्र हुदै यात्रा गरिरहेका एक ट्रक चालकले बेग्ला बेग्लै स्थानमा फेला पारेका हुन् ।

१४ दिनअघि मरुभुमीमा हराएका उनीहरू सबैको दक्षिण पश्चिमी कुर्फा नजिकैको सीमादेखि ३ सय २० किलोमिटर दुरीमा शव फेला परेको हो। ४० डिग्री सेल्सियसको तापक्रममा मरुभूमि हुँदै यात्रा गरिरहेका सबैले पानी पिउन नपाएपछि मृत्यु भएको पुष्टि भएको छ। मृतक सबै चाड मुलुकका आप्रवासी रहेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी संस्था आइओएमका अनुसार गत वर्ष मात्र लिविया र चाडजस्ता मुलुकबाट मात्र १५ सयभन्दा बढी शरणार्थी अवैध बाटो हुँदै युरोपेली मुलुक पुगेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्