चलचित्र ‘छड्के २’ मा बिपीन कार्की बाहिरीए पछि अनमोल केसी अनुबन्धित



काठमाडौ :

निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र छड्के २ मा मेघास्टार अनमोल केसी अनुबन्धित भएका छन् । उनको भुमीका र पारश्रमिकको बारेमा केही खुलाइएको छैन । तर यसअघिको सिरीजमा मुख्य भुमिकामा देखिएका बिपिन कार्की भने रचनात्मक असमझदारी भन्दै पन्छिएका छन् । अन्य कलाकारको केही दिन भित्रै टुंगो लाग्ने बताइएको छ ।

यो फिल्म श्रावणको अन्तिम साता बाट छायाँकनमा जाने तयारी रहेको छ । यो फिल्म युवा ग्यांगस्टार र हाँस्य जनरामा आधारीत रहेको छ । निर्देशक श्रेष्ठका अनुसार यो छड्केको सिक्वेल नभएर सिरीज हो । उनले फिल्ममा सबै नयाँ कलाकार र निर्माता समेत नयाँ हुने बताए । पहिलेका कलाकार र कथावस्तुसँग यसकोसम्बन्ध छैन,’ उनले भने, ‘निर्मातादेखि कलाकार र कन्टेन्ट नयाँ हुनेछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्