सात वर्षदेखि जापानमा बस्दै आएका अर्जुन जापानमा सुतेकै अबस्थामा मृत फेला



म्याग्दी :

जापानमा एक नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दिका ३१ वर्षीय अर्जुन रोका मगर रहेका छन् । जापानको ओसाकामा मगर गत सोमबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

जापान सरकारको कानुन अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर बिहीबार उनको अन्त्येष्टि गरिएको बताइएको छ। म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी एसिया प्यासिफिक संयोजक जापानका दीपक कार्कीका अनुसार कार्की उनी सात वर्षदेखि जापानमा थिए।

उनी केही महिनादेखि ओसाकास्थित एक कम्पनिमा कार्यरत थिए। भिन्न नेपाली संघसंस्थाका ३२ प्रतिनिधिको सहभागितामा उनको अन्त्येष्टि गरिएको बताइएको छ ।

नायक राजवल्लब कोइरालाले व्यग्य गर्दै भने मेरो पनि परिचयपत्र बनेको छ कि निवेदन दिनुपर्ने हो ? : करिब १ दशकदेखि अ‍ेरिकामा रहेका अभिनेता राजवल्लव कोइरालाले चलचित्र विकास बोर्डले आज चलचित्र क्षेत्रका ६२ जना कलाकारलाई विशिष्ट श्रेणीको परिचयपत्र बाँडेको प्रति व्यग्यात्मक टिप्पणी गरेका छन् ।

सामाजिक संजालमार्फत अभिनेता कोइरालाले व्यंग्यात्मक स्टाटस लेख्दै भनेका छन् मेरो मेरो पनि परिचयपत्र बनेको छ कि निवेदन दिनुपर्ने हो रु बोर्डले आज चलचित्र क्षेत्रका ६२ जना कलाकारलाई विशिष्ट श्रेणीको परिचयपत्र दिए लगत्तै यस विषयमा विभिन्न टिका टिप्पणी भइरहेका बेला उनले यस विषयमा आफ्नो बारेमा प्रश्न सोधे जसरी व्यग्य गर्दै भनेका छन् ।

‘कलाकारहरुको श्रेणी कसरी छुट्याइएको छ, काम संख्या, उमेर वा अन्य केही रु’ उनी अगाडी लेख्छन् अनुहार नचिन्नेलाई परिचयपत्र देखाउने हो कि यसका अरु पनि उद्देश्य छन् भन्ने उनको व्यंग्यात्मक प्रश्न छ ।

‘मेरो पनि बनेको छ कि निवेदन दिनुपर्ने हो ? मेरो मूल्यांकन कुन हिसाबले हुन्छ ?’ ।

कुनै समय नेपालमा चल्तिको नायकमा आफ्नो स्थान बनाउन सफल यी अभिनेताले जसरी नै अन्य कलाप्रमीहरुले परिचयपत्र बाँड्नुको आधार र मापदण्डलाई लिएर प्रश्न उठाएका छन् त कसैले यसबाट प्राप्त हुने सुविधाको विषयमा चासो व्यक्त गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्