करिश्मा कपुर संग ब्रेकअप पछि अक्षय खन्ना अहिले सम्म अबिबाहित, यस्तो थियो असफल प्रेम कहानी



बलिउड अभिनेता विनोद खन्नाका छोरा अक्षय खन्नाले सन् १९९७ मा उनका पिता विनोद खन्नाले निर्माण गरेको फिल्म ‘हिमालय पुत्र’ बाट डेब्यु गरेका थिए । यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन तर अक्षयले फिल्ममा आफ्नो अभिनयले आफ्नो छाप पक्कै बनाए । यसपछि अक्षय खन्नाले फिल्म ‘बोर्डर’ मा धरमवीरको चरित्रबाट वास्तविक पहिचान पाए, त्यसपछि फ्यानहरू उनको अभिनयमा पागल भए ।अक्षयले आ अब लौट चले ताल दिल चाहता हैु, हस्टल गान्धी माई फादरु, हमराज र हंगामा लगायतका धेरै हिट फिल्महरूमा काम गरिसकेका छन्।

पर्दामा सबै फिल्म हिट भए तर केही समयपछि अक्षय खन्नाले इन्डस्ट्रीबाट टाढा भए । यसपछि उनले सन् २०१६ मा एकपटक फिल्म इन्डस्ट्रीमा पाइला टेकेका थिए, त्यसपछि उनी ‘ढिशूम’ र ‘इत्तेफाक’ फिल्ममा देखा परे । यति मात्र होइन, अक्षय खन्नाले जुलाई २०१२ मा ओटीटी प्लेटफर्म जि–५ मा रिलिज भएको फिल्म स्टेट अफ सिजस् टेम्पल अट्याकु बाट आफ्नो डिजिटल डेब्यू गरे। अक्षय खन्ना आफ्नो प्रोफेशनल लाइफका साथै पर्सनल लाइफलाई लिएर पनि निकै चर्चामा रहेका छन् ।उनको र करिश्मा कपुरको प्रेमकथाले पनि सबैको ध्यान तान्यो ।

दुबैले बिहे गर्ने तयारी गरेको बताइन्छ तर दुबैले बिहे गर्न सकेनन् र अभिनेता हालसम्म अविवाहित छन् । उनले कहिल्यै बिहे गरेनन् । करिश्मा बाहेक उनको नाम त्यस युगको सबैभन्दा सुन्दर अभिनेत्री ऐश्वर्या रायसँग पनि जोडिएको थियो तर अझै पनि उनी अबिबाहित नै छन् । दुवैले फिल्म ‘आ अब लौट चले’ मा सँगै काम गरेका थिए र त्यहीँबाट उनीहरुबीच प्रेम सम्बन्ध सुरु भएको थियो । दुबै लामो समयको लागि रिलेशनशिपको खबरहरु आइरहेका थिए । भनिन्छ ऐश्वर्या र अक्षयको अफेयरको हल्ला मात्रै थियो ।

अक्षय खन्ना उनलाई मात्र मन पराउँथे । अक्षय खन्नाले एक पटक आफ्नो अन्तर्वार्तामा भनेका थिए, ‘उनले ऐश्वर्याको अनुहारबाट आँखा हटाउन सकेनन् । यता, अक्षय खन्ना र करिश्मा कपुरको कुरा गर्ने हो भने उनीहरुको अफेयरको खबरसँगै विवाहको खबर पनि निकै चर्चामा आएको थियो । भनिन्छ, करिश्मा कपूरका बुवा रणधीर कपूर आफैं अक्षयका पिता अर्थात स्वर्गीय अभिनेता विनोद खन्नाकहाँ बिबाहको प्रस्ताव लिएर गएा थिए । यो विवाहलाई उनले स्पष्ट रुपमा अस्वीकार गरेका थिए । वास्तवमा करिश्माको फिल्मी करियर त्यतिबेला निकै राम्रो चलिरहेको थियो र उनी आफ्नो छोरीले बिहे गरेर करियरलाई किक गरोस् भन्ने चाहादैन थिए ।

यही कुरा सोच्दै उनले अक्षय खन्नासँग सम्बन्ध राख्नुअघि नै इन्कार गरिन् । यसपछि अक्षय खन्नाले एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई लाग्दैन कि म लामो समयसम्म सम्बन्धमा रहन सक्छु । हरेक सम्बन्धमा यति स्वतन्त्रता हुनुपर्छ कि जब तपाई अर्को सम्बन्धमा जान चाहनुहुन्छ, तर विवाह पछि त्यो हुँदैन। दोस्रो, मलाई सन्तान पटक्कै मन पर्दैन, बिहे नगर्नुको एउटा कारण यो पनि हो । म अब कहिल्यै बिहे गर्दिन किनकी अब मलाई एक्लै बस्न मन लाग्छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्