अनमोलले जसरी नै पारिश्रमिक बढाएर ५० लाख बनाए अभिनेता विपिन कार्कीले, यी हुन् नेपालका महंगा नायकहरु



काठमाडौं ।

अभिनेता विपिन कार्कीले आफ्नो पारश्रमिक बढाउँदै एउटा व्यावसायिक फिल्ममा काम गरेको ५० लाख लिने बताएका छन् ।

बलिउड फिल्म ‘एनिमल’मा अनुबन्धित भए लगत्तै उनको चर्चा थप चुलिएका बेला विपिन कार्कीले आफ्नो पारिश्रमिक बढाउँदै ५० लाख बढाएका हुन् ।

विपिनले फिल्मको समूह, उद्देश्य, लगानीको आकार र निर्माताको फिल्मसम्बन्धी चेतनाको स्तरलाई हेरेर काम गर्ने र व्यावसायिक हिसाबले पैसा नकमाउने फिल्ममा भने आँफु निशुल्क रुपमा समेत काम गर्न तयार रहने समेत बताए ।

जसको उदाहरण हो फिडेल देवकोटा निर्देशित फिल्म ‘रेड सुटकेस’मा निःशुल्क अभिनय गरे । यो फिल्मलाई फेस्टिभल लक्षित मानिएको छ । उनले ‘स्क्रिप्ट हेरेर मात्र पारिश्रमिकबारे निधो गर्ने बताउँदै भने त्यसका भूमिका चित्त पनि बुझ्नुपर्‍यो ।

स्क्रिप्ट भनेजस्तो हुनुपर्यो । आँफु निकै व्यस्त रहेको बताउँदै अभिनेता कार्कीले भने वैशाखसम्मै व्यस्त छु ।आफूलाई फिल्मको प्रशस्तै अफर आएको बताउँदै उनले भने वैशाखपछि पनि दुई फिल्म सेड्युलमा छन् । ‘प्रसाद २’पछि उनी बलिउड फिल्म एनिमलमा व्यस्त हुनेछन् ।

विपिनले अर्का महंगा नायक अनमोल केसीकै शैलीमा आफ्नो पारिश्रमिक चर्काए पनि उनको काम भने घट्नेवाला देखिँदैन ।

वैशाखसम्म व्यस्त उनका हातमा अहिले नै आधा दर्जन बढी फिल्म छन् । त्यस्तै अर्का अभिनेता प्रदिप खड्काले पनि पछिल्ला फिल्ममा ५० कै हाराहारीमा आफ्नो पारिश्रमिक माग गर्न थालेका छन् ।

अर्का नायक पुष्प खड्काले पारिश्रीमक बढाएपनि उनीहरु अन्य नायकहरु अनमोल, विपिन, प्रदिप जसरी फिल्ममा जम्न सकेका छैनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्