बाबु बन्दै प्रशान्त तामाङ, भने निकै उत्साहित छु



काठमाडौं :

इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ छिट्टै नै पीता बन्दैछन् । पत्नी मार्था एली गर्भवती भएको खबर सुनाउँदै प्रशान्तले ‘अर्को सुरुवात’ भएको बताएका छन् ।
आफ्ना प्रशंसकलाई यो खबर सरप्राइज भएको उल्लेख गर्दै उनले आफु पिता बन्न लागेको खबर ले निकै नै उत्साहित भएको बताएका छन् ।

प्रशान्तकी पत्नी मार्था पेशाले एयर होस्टेस पनि हुन् । प्रशान्त अहिले भारतमै छन् र उनी चाँडै नयाँ फिल्मको लागि नेपाल आउने तयारीमा पनि छन् । उनले लेखका छन् ‘म उत्साहित छु । यो अर्को सुरुवात हो । म प्रेमको पर्खाइमा छु,’ प्रशान्त लेख्छन् । प्रशान्तकी पत्नी मार्था पेशाले एयर होस्टेस पनि हुन् ।प्रशान्त अभिनित फिल्म फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ ।

बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै:अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो ।

अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुवानमा परेका थिए ।

भलपानीको बाढीले निकास नपाउँदा घर तथा पसल र कार्यालय डुवानमा परेका हुन् । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का दर्जनौं घर डुवानमा परेका थिए । बाढीका कारण सहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो ।

बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेसमा रहेको भाँडाकुँडा बगाएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए । बाढी र डुवानले मेस सञ्चालन गर्न नसकिएपछि प्रहरी कार्यालयका प्रहरीलाई निजगढ बजारको एक होटलमा लगेर खाना खुवाइएको निरीक्षक ओलीले जानकारी दिए ।

कार्यालयको मूलगेटबाटै बाढी पस्न थालेपछि प्रहरीहरूले बालुवाको बोराको बाँध बनाएर नियन्त्रण गरेका थिए । तर भवनको पछाडिपट्टिबाट पसेको बाढीले चौकीको मेस डुवानमा पारेको र सामग्री बगाएको हो ।

निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसहितको टोलीले पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्