रवि लामिछानेको पार्टी दर्ता हुन के गर्ला ? रविको पार्टी दर्ता भएको खबर आइरहँदा आयोगले सुनायो यस्तो दुखद खबर



निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भइनसकेको जनाएको छ ।

केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । तर, शुक्रबार अपरान्ह ४ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्र्यालले जानकारी दिए ।

‘अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने आयोगले निर्णय गरेको छैन,’ सहायक प्रवक्ता अर्यालले न्युज कारखानासँग भने । आयोगले सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने नगर्ने विषयमा आयोगले निर्णय गर्ने उनको भनाइ ।

बाहिर सार्वजनिक भएजस्तो आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको जानकारी दिएका उनले आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको मान्यता दिने संकेत भने गरेका छन् ।

बागमती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ : बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् ।

बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले न्युज कारखानासँग भने ।

कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँले केही दिनअघि बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति पत्र सार्वजनिक गरेका थिए । बागमतीमा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् । चुनावी सरकारकाे नेतृत्व कांग्रेसले गर्ने सहमति भएपछि पाण्डे मुख्यमन्त्री बनेका थिए ।

गठबन्धनबीच सहमति भए बागमती प्रदेशको मुख्यमन्त्री बानियाँ हुने निश्चित छ । यसबारे छलफल गर्न शुक्रबार नै गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । बागमती र सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व परिवर्तनका विषयमा गठबन्धन बैठकमा छलफल हुने भएकाे छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्