माओका जेठा छोराको बलिदान सम्झेर कोही–कोही भक्कानिँदै छन् भन्दै प्रचण्डमाथी व्यग्यं कसे गोकुल बास्कोटाले



काठमाडौं १८ असार ।

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

शुक्रबार स्वर्गीय छोरा प्रकाश दाहालको शालिक अनावरण गर्न नुवाकोटको ककनी पुगेका थिए ।

सोही विषयलाई लिएर नेता बाँस्कोटाले प्रचण्ड परिवारवादमा फसेको भन्दै प्रतिक्रियावादी हर्कत बन्द गर्न समेत भनेका छन् ।

नेता बाँस्कोटाले भनेका छन् , ‘कोरियाली युद्धमा माओका जेठा छोराको बलिदान सम्झेर कोही–कोही भक्कानिँदै रहेछन् ।

नरुनु त्यसरी पीर पर्दछ । फेरि आफ्नो परिवारको योगदान अवमूल्यन भएकोमा सुप्रिमो नै भक्कानिए भने देश दुर्घटनामा पर्ला रु वंशवाद पराजित गरेर आएको नेतालाई हेप्न मिल्दैन ।

प्रतिक्रियावादी हर्कत बन्द गर ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्