माधव र प्रचण्डलाई अघि पछि लगाएर निमार्णाधीन निगगढ अन्तर्र्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगे देउवा



काठमाडौं १८ असार ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तारुढ दलका शिर्ष नेताहरु निमार्णाधीन निगगढ अन्तर्र्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन् ।

देउवासहित सत्ता गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र साथमा खानेपानी मन्त्री उमाकान्त चौधरी पनि शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत निजगढ पुगेका हुन् ।

सर्वोच्च अदालतले बुधबार काम रोक्नु भन्ने आफ्नो विगतको फैसलाको पूर्णपाठमा केही सच्याँदै वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन ९इआईए० गरी कामभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बनाउन आदेश दिएको थियो ।

अदालतको पूर्णपाठले निजगढमा विमानस्थल बनाउन बाटो खुला गरेको छ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्