बेलायतमा रहेकी गायिका सुमिता भन्छिन् ‘सुख खोज्दै परदेश आएँ, तर मन मेरो उतै छ आफ्नै घर गाउँमा’



काठमाडौँ । गायिका सुमिता राईको सुख खुशी बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लामो समयदेखि बेलायतमा रहँदै आएकी गायिका सुमिताले सुख र खुशीको कुरा गर्दै रिलिज गरेको गीतमा उनले देश छोडेर परदेश जान कसैलाई पनि रहर नहुने तर भावीको खेलले को कहाँ पुगिन्छ त्यो टुंगो नहुने कुरालाई इंगित गरेकी छिन् ।

बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको देश प्रेमले भरिएको गीतमा गायिका स्वयमकै अभिनय देख्न सकिन्छ । परदेशको ठाउँमा, मन त हजुर उतै हुन्छ आफ्नै गाउँ घरमा जस्ता मर्मस्पर्शी शब्दहरुले भरिएको गीतका शब्द शृजना हिमकला किरातीका हुन् भने गीतमा गंगाराज राईको संगीत रहेको छ । बेलायतमा चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन रहेको गीतको सहनिर्देशन दीपिका श्रेष्ठले गरेकी हुन् । नबिन निरौलाको कलर रहेको भिडियोको नेपालमा छायांकन विष्णु भट्राईले गरेका हुन् ।

किशोर अवस्था देखिनै गीत संगीतमा झुकाव राख्दै आएकी गायिका सुमिता खोटागंमा जन्मेर धरानमा हुर्कीएकी चेली हुन् । सन् २०१९ अगष्टमा पहिलो गीत बजारमा ल्याएकी सुमिताले सगुन एल्बमबाट ७ वटा गीत बजारमा ल्याएकी छिन् । सन् २००३ मा बेलायत पुगेकी गायिकाका २ सन्तान र पति बेलायतमा नै छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्