सुमन सायमी भन्छन् दलको विकल्प दल नै हो, त्यसैले संसदीय चुनावमा दल नै गठन गरेर चुनावमा जाने निर्णयमा पुग्यौँ



काठमाडौ १८ असार ।

गएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र तर्फ मेयरका उम्मेदवार बनेका सुमन सायमीले दलको विकल्प दल नै भएको बताएका छन् ।

‘स्वतन्त्र उम्मेदवारी अभियान’ नाम दिइएको आज शनिबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बसेको भेलामा सायमीले दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न सो भेलाको आयोजना गरिएको सायमीले बताएका हुन् ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी भइरहँदा आज यो भेलाको आयोजना गरिएको हो ।

जनतामा दल ठिक छैन भन्ने भ्रम परेकाले सो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु गरिएको उनले बताएका छन् ।

‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो। त्यहाँ बहुमतको कदर हुन्छ। एक व्यक्तिले कानुन बनाउन सक्दैन। त्यसो भएकाले दलको विकल्प दल नै हो। त्यसको आवश्यकता छ,दल ठिक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ। दलको विकल्प दल नै हो।’सायमीले भने ।

नयाँ विचारसहितको प्रदेश र संघको निर्वाचनमा एउटा दलको आवश्यक भएको बताएका उनले प्रदेश र संघको निर्वाचनमा अनिवार्य छ दल आवश्यक भएको
बताएका छन् । आज बसेको सो भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाँदा नयाँ दल बनाएर जाने निष्कर्ष निकाल्नेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्