काठमाण्डौको बबरमहलमा एकाबिहानै कार दुर्घटना, तीन जना घाइते



काठमाडौं, १९ असार :

काठमाण्डौको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।

घाईते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय बिकाश बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।

घाईते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भैरहेको छ । घाईते मध्ये गिरीको अवस्था गम्भिर रहेको छ ।

आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

कुवेतमा जागिर खान जान चाहानेहरुका लागि आयो खुशीको खबर, तलव यस्तो आर्कषक : कुवेतमा नेपाली ड्राइभरका लागि रोजगारको अवसर आएको छ कुवेत सहरमा रहेको एक कम्पनीले ५४ जना नेपाली पुरुष ड्राइभरको माग गरेको हो ।

मग अनुसार न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने करार अवधि २ वर्षे रहेको र कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने रहेको छ ।

कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । खान बस्नेतसहित कामदारले तलब ६१ हजार बढि पाउनेछ । त्यस्तै स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।

हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।इच्छुक कामदारले आर. बि. ओभरसिज प्रालिको कार्यालय गोंगबु काठमाडौंमा असार २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्