यी ह्याण्डसमसँग लगनगाँठो कस्दै पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, को हुन् सुन्दरी सदिक्षाका हुनेवाला पति ?



काठमाडौं ।

सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच विवाह हुने भएको छ । यो जोडीले नेवारी परम्परा अनुसार पर्सी बिहे गर्न लागेका हुन् । बिहेमा आफन्त र निकट व्यक्तिलाई मात्र निम्ता गरिएको बताइएको छ ।

मंगलबार गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ । नेवारी परम्पराअनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । बल्ल त्यसपछि केटा पक्षले भोज दिने चलन छ । यो जोडी एक वर्षदेखी प्रेममा रहेका थिए ।

राहुलले काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका छन् । सदीक्षाले गत साता सम्पन्न डान्सिङ स्टार्स नेपालमा होस्टको रुपमा काम गरेकी थिइन् ।

आँफुलाई पार्टीबाट हटाउने ५ नेतालाई वामदेव गौतमले यसरी दिए दनक

नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले आफुमाथि कारवाही गर्ने सबैलाई निष्काशन गर्ने भएका छन् ।

गौतममाथि पाँच जनाले शनिबार पाँच आरोप लगाई पार्टीको संयोजकबाट हटाएका थिए । यता गौतमले पनि पाँचैजना हस्ताक्षर गर्नेहरुलाई निस्कासन गरेको बताएका छन् ।

यदि उनीहरुले आफुले गरेको कार्य गलत भएको भन्दै रियालाइज गरे कारवाहीबारे पुनर्विचार समेत गर्न सकिने बताएका छन् । शनिबार गौतमको स्थानमा संयोजक युवराज सफललाई नियुक्त गरिएको थियो ।

गौतमले सफल भन्ने व्यक्ति अत्यन्त घातक र नेपालको निम्ति जुनसुकै बेला जस्तो पनि काम गर्नसक्ने मान्छे भएको बताएका छन् ।

‘यति लामो समयको कम्युनिस्ट आन्दोलनमा यस्तो खालको ब्यक्ति फेला पारियो, जसमा मैले विश्वास गरेँ अहिले उल्टो क्रियाकलाप गर्नुभयो।’ गौतमले भने ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्