५ वर्षदेखि सोही स्कुलमा काम गर्दै आएकी रमा केएमसी स्कुलभित्र मृत अबस्थमा फेला परेपछि ……….



काठमाडौं ।

स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा तनाव भएको छ । स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर आफन्तहरु तोडफोडमा उत्रिएका हुन् ।

प्रदर्शन कारीको ढुंगाले लागेर स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ। स्थिथिलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको छ। स्कुलमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

स्कुलको होस्टलमा क्यान्टिन सहयोगीको रुपमा काम गर्दै आएकी २१ वर्षीया रमा रायमाझी झु न्डिएको अवस्थामा फेला परेकी छिन् । विगत ५ वर्षदेखि सोही स्कुलमा काम गर्दै आएकी रमा शनिबार ग्राउण्ड फ्लोरमा रहेको होस्टलको कोठामा झु ण्डिएको अवस्थामा फेला परेकी हुन् ।

काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी रायमाझी विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म क्यान्टिनमा काम गर्दै आएकी थिइन् । उनी शनिबार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गर्दा झु न्डिएको अवस्थामा फेला परेकी हुन् । रमाका बुवाआमा काभ्रेबाट आएर विद्यालय बाहिर रुवाबासी गरिरहेका छन् ।

५ वर्षदेखि कार्यरत उनको ह त्या भएको दाबी आफन्तले गर्दै आएका छन् । उनीहरुले शव उठाउन पनि दिएका छैनन् ।

 

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्