इस्लामाबाद–पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ जाँदै गरेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको थियो ।
पुराना सवारी साधन, कमजोर सडक, चालकको लापरबाहीलगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । गत महिना बालोचिस्तानमा एउटा खोंचमा बस खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।
नेशनल फिल्म स्कुलको उद्घाटन, राजेश हमाल र मोडल नीति शाहले गरे:काठमाडौंस्थित चावहिलमा नेशनल फिल्म तथा टीभी स्कुल सञ्चालनमा ल्याइएको छ । अभिनेता राजेश हमाल र मोडल नीति शाह आइतबार सो स्कुलको उद्घाटन गरेका छन् । उनीहरूलाई उद्घाटनमा र उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेतता पुष्प खड्काले सहयोग गरेका थिए ।
उद्घाटन कार्यक्रममा स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकाससम्बन्धी अध्यापन गराइने जानकारी दिइयो । उक्त स्कुलमा अभिनेता हमाल गेस्ट लेक्चर रुपमा आवद्ध रहने छन् ।
फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले फिल्मी क्षेत्रमा सकारात्मक भविष्यको संकेत गरेको अभिनेता हमालले बताए । फिल्मीबारे औपचारिक शिक्षा दिने स्कुलको स्थापना र यसप्रति युवा पुस्ताको आकर्षणले नेपालको फिल्मी क्षेत्रको भविष्य उज्जवल देखिएको उनको भनाइ छ ।
‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन् । अहिले स्थापना भएको फिल्मबारे औपचारिक अध्यापन गराउने स्कुलप्रति युवापुस्ताको यो उत्साह सुखद् छ,’ उनले भने ।
कार्यक्रममा सहभागी कलाकारले भीवाईएफ टक्सको शुभारम्भ गरेका थिए । भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्सको पनि पढाइ हुनेछ ।
आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ । केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने स्कुलले जनाएको छ ।