२१ गते विबाह बन्धनमा बाँधिदै पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान, यस्तो छ तयारी



काठमाडौं :

सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच विवाह हुने भएको छ । यो जोडीले नेवारी परम्परा अनुसार पर्सी बिहे गर्न लागेका हुन् । बिहेमा आफन्त र निकट व्यक्तिलाई मात्र निम्ता गरिएको बताइएको छ ।

मंगलबार गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ । नेवारी परम्पराअनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । बल्ल त्यसपछि केटा पक्षले भोज दिने चलन छ । यो जोडी एक वर्षदेखी प्रेममा रहेका थिए ।

राहुलले काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका छन् । सदीक्षाले गत साता सम्पन्न डान्सिङ स्टार्स नेपालमा होस्टको रुपमा काम गरेकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्