जताततैबाट धोका भएपछि आफ्नै मुलघर माओवादीमा फर्कंदै बाबुराम भट्टराई, के पाउलान् त पहिलाकै स्थान ?



काठमाडौं १९ असार ।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलाई नेकपा माओवादी केन्द्रमा फर्किने भएका छन् ।

आइतबार माओवादी केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले भट्टराई मुलघरमा फर्कने सम्भावना रहेको बताएका हुन् ।

सार्वजनिक रूपमा नै आफुले भट्टराईलाई माओवादीमा प्रवेश गर्न आग्रह गरेका उनले भने, ‘बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन म सार्वजनिक रूपमा आह्वान गर्न चाहन्छु,उहाँ माओवादीमा फर्कने सम्भावना छ । कुराकानी पनि भइरहेका छन् ।’

बाबुराम माओवादी जनयुद्धबाट आएका नेता भएकाले उनलाई पार्टीमा स्वीकार गर्न कसैलाई आपत्ति नरहेको बताएका छन् ।

जसपा फुटको नजिक पुगेपछि आफु जसपा बाट लगभग अलग भएको भट्टराईले बताएका छन् । यसै बिचमा भट्टराई र प्रचण्डबिच पनि भेट भइसकेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्