अछाम, १९ असार :
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृ त्यु प्रकरणमा मेयर अम्बिका चलाउनेसहित सातजना प क्राउ परेका छन्। विनोद शाहीको ह ,त्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्र.काउ परेका हुन्।
यसअघि पाँच जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख नारायण डाँगीले जानकारी दिए । उनका अनुसार शनिबार पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन्।
चलाउने कांग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकाका निर्वाचित मेयर हुन्। अछाम प्रहरीले केही दिनमै अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने तयारी गरेकाे छ ।
विनोद २१ जेठ बिहान १० बजे गाउँ नजिकैको भिरमा मृ.त फेला परेका थिए। उनकाे हत्या गरिएको भन्दै परिवारले मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्।
यस्तै उक्त घ.ट.नाको विरोधमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले अछाममा आइतबार र साेमबार सवारीसाधन बन्द गराएका छन् ।