बालबालिकाका लागि कोरोनाविरुद्धको थप २३ लाख फाइजर खोप काठमाडौं आइपुग्यो, तपाईले आफ्ना बालबालिकालाई लगाउनु भयो त ?



काठमाडौं १९ असार ।

बालबालिकाका लागि कोरोनाविरुद्धको थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले दिएको जानकारी अनुसार कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको हो ।

यो खोप पहिलो मात्रा लगाउन छुटेका २७ जिल्लाका बालबालिकालाई लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पहिलो खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।

हेमा मालिनी घर छोड्न डराउँछिन्, कारण थाहा पाउँदा तपाई पनि छक्क पर्नुहुनेछ : बलिउड इन्डस्ट्रीकी ‘ड्रिम गर्ल’भनेर चिनिने र भाजपा सांसद हेमा मालिनी सधैं आफ्नो कुरा राख्न चिनिन्छिन्। हालै उनले एउटा यस्तो मुद्दाको बारेमा कुरा गरिन् जसलाई लिएर मुम्बई मात्र होइन, हरेक राज्यका जनता चिन्तित छन् । यस विषयमा कुरा गर्दै हेमा मालिनीले यही कारणले घरबाट बाहिर निस्कन डराएको बताइन् । वास्तवमा, हेमा मालिनीले आफ्नो हालैको एक अन्तर्वार्तामा मुम्बईको भत्किएको सडकको बारेमा खुलेर कुरा गरेकी छिन् ।

उनले आफ्नो अनुभव पनि सेयर गरेकी छिन् । यससँगै उनले मिरा रोडबाट जुहुको आफ्नो घर पुग्न कति समय लाग्ने बताएकी छन् । वास्तवमा मनसुन आइसकेको छ । यस्तो अवस्थामा पानी जम्ने समस्या हरेक राज्यमा देखिएको छ, जसमध्ये सबैभन्दा खराब अवस्था मुम्बईमा देखिएको छ, जहाँ पानी परेसँगै सडकहरू पानीले भरिन्छन् र यो समस्या यो वर्ष मात्रै होइन हरेक वर्ष झेल्नुपरेको छ । सडकमा खाल्डाखुल्डी रहेकाले ठाउँठाउँमा ट्राफिक जाम हुने गरेको छ ।

यस्तो अवस्थामा हेमा मालिनी एक रियालिटी शोको सुटिङ सकेर घर जान निस्किँदा ट्राफिकको सामना गर्नुपरेको थियो । यसबारे कुरा गर्दै उनले मिरा रोडबाट जुहु पुग्न दुई घण्टा लागेको बताईन् । एक न्युज पोर्टलसँग कुरा गर्दै अभिनेत्रीले भनिन्, ‘मुम्बईको सडकका यी खाल्डाहरूमा गर्भवती महिलाले यात्रा गर्छिन् भन्ने म कल्पना पनि गर्न सक्दिनँ । एक मुम्बईकरको रूपमा, म यो गुनासो गर्छुु।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्