तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ताको तस्विर प्रचण्ड पुत्री गंगा दाहालले सार्वजनिक गरेसँगै तात्यो राजनीति



काठमाडौं, १९ असार:

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ ।

तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच आइतबार भेटवार्ता भएको हो ।

हात्तीवन स्थित एक अपार्टमेन्टमा उनीहरुबीच भेटवार्ता भएको स्रोतको भनाई छ ।

माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सार्वजनिक गरेकी हुन् ।

त्यसक्रममा नेताहरुबीच पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन बारे छलफल भएको बताइएको छ ।

नेताहरुबीच यसप्रकारको छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको छ ।

नेपाल घुम्न आएका दुई भारतीय युवकलाई पौडी खेल्ने क्रममा बागमती खोलाले बगायो : रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित रहेको नुनथर बागमती खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । रौतहटको नुनथरमा घुम्न आएका भारतीय नागरिकको नुनथर बागमती खोलाले पौडी खोल्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

भारतको सितामडीबाट बिआर ०१ एसफ ६६१९ कारबाट शनिबर रौतहटको नुनथरमा घुम्न आएका तीन जना भारतीय नागरिकलाई खोलामा पौडी क्रममा खोलाले बगाएको थियो । खोलामा पौडी क्रममा भारतको सितामडी जिल्ला कोटबजारका २७ वर्षीय सुमन साह, ३१ वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमारलाई खोलाले बगाएको थियो ।

खोलाले बगाउने क्रममा स्थानीयले थाहा पायलगतै बचाउने क्रममा साहलाई बचाउन सफल भएका थिए भने अग्रवाल र कुमारलाई खोलाले बगाएको थियो ।

बेपत्ता भएका दुई जनाको शव आइतबार दिउसो फेला परेको प्रहरीले पुष्टि गरेको छ । मृतकका आफन्त प्रहरी सम्पर्कमा आएका छन् । खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय रौतहट र नुनथर प्रहरी चौकी र सशस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा चन्द्रपुर र वृन्दावन नगरपालिकाको सीमामा सोही बागमती खोलामा अग्रवाल र कुमार मृत फेला परेका हुन् ।

मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि चन्द्रपुर नगरपालिका लगिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्