मनिपाल शिक्षण अस्पताल आन्दोलन : टुंगीएको हो ? कसरी मिल्यो कुरा ?



पोखरा, १९ असार :

ऐनले दिएको सुविधा नदिएको आरोपमा २६ दिनदेखि मनिपालमा कर्मचारीको आन्दोलन छ । सुत्केरी र किरिया बिदा सहित उपदानको माग गर्दै उनीहरू आन्दोलित भएका छन् । लामो समयको आन्दोलनपछि मनिपाल शिक्षण अस्पताल प्रशासनले कर्मचारीको माग सम्बोधन गर्न राजी भएको छ ।

ऐन अनुसार नै सुत्केरी र किरिया बिदा दिन अस्पताल तयार भएको हो । यस्तै, उपदान पनि साबिकका ऐन अनुसार उपलब्ध गराउने सहमति भएको छ ।

‘२०७४ अघिका कर्मचारीको हकमा पुरानै ऐनअनुसारको उपदान दिने सहमति भएको छ । नयाँ कर्मचारीलाई २०७४ को ऐनले तोकेको सुविधा दिइनेछ,’ कर्मचारी अमृत पौडेलले भने, ‘अस्पताल प्रशासनले माग पूरा गर्ने सहमति गर्‍यो । हाम्रो आन्दोलन अहिलेका लागि अन्त्य भएको छ ।’
तर अस्पतालले यसअघि पनि सम्झौता गर्ने र कार्यान्वयन नगर्ने समस्या छ । समस्या दोहोरिए पुनः संघर्ष गरिने पौडेलले बताए ।

कर्मचारीको आन्दोलनका कारण अस्पतालमा सेवा लिन आउने बिरामी समेत मर्कामा थिए । आजदेखि अस्पतालका ओपिडीसहित सबै सेवा सुचारु भएको अस्पताल प्रशासनले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्