१३ प्रतियोगीलाई पछि पार्दै सिनी शेट्टीले जितिन ‘मिस इण्डिया २०२२’ को ताज



मुम्बई, २० असार:

कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् ।

प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने ।

प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरु नेहा धूपिया, कृति सेनन, मलाइका अरोडा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायतको उपस्थिति थियो ।

सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहेकी छन् ।

ब्याटिङ चल्दा ओन्टारियोविरुद्ध नेपालको सहज जित:नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा लगातार जित निकाल्ने क्रममा ओन्टारोयो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ । आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध नेपालले टी-२० खेल खेलेको हो । २१० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

ओन्टारियोका भरुण सेहदेबले ५० रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले ४१ रनको योगदान गरे । नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले समान विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २०९ रनको विशाल योगफल बनायो । नेपालका रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेका रोहितले ३१ बलमा अविजित ७१ रन बनाए । दीपेन्द्रले २७ बलमा ५४ रन जोडे ।

यस्तै, पवन सर्राफले ३७, देव खनालले २०, आदील आलमले १० रन बनाए । ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले समान १ विकेट लिए ।

यसअघि पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग टुअन्तर्गतको शृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ । त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ ।

नेपाल जितसहित विश्वकप त्रिकेट लिग टु अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्