केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डकी कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन अटाउन सफल



काठमाडौं, २० असार:

नेकपा माओवादीको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन्।

आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाउन सफल भएका हुन ।

सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाई आचार्य उल्लेख गरेर थप केन्द्रिय सदस्यको नाम सार्वजनिक गरिएको छ । प्रचण्डका भाई नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रिय समितिमा अटाएका थिए ।

माओवादी केन्द्रिय समिति बैठक दोस्रो दिनमा, प्रदेश रिर्पोटिङ जारी:नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रिय समिति बैठकमा प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दैछन ।

पहिलो दिन बाग्मती र उपत्यका बिशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशकोे रिर्पोटिङ भने सोमवाट सुरु हुने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथीको टिप्पणी तथा स्थानिय तहको निर्वाचनको समिक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका बिषयमा प्रदेश अनुसार रिर्पाेटिङ जारी छ ।

आइतवारको बैठकमा छलफलका लागि ९ बुदेँ प्रस्ताव पेश भएका छन, सोही आधारमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्