विपिन कार्कीमाथि ‘भस्मे डन’ बन्ने, कस्तो बन्ला यो चर्चित पात्रमाथिको फिल्म ?



काठमाडौं –

‘पशुपति प्रसाद’मा विपिन कार्कीले भुमिका निभाएको ‘भस्मे डन’ मा पिल्म निर्माण हुने भएको छ ।

‘भस्मे डन’नामक फिल्म निर्देशक दीपेन्द्र के खनालले बनाउने तयारी गरेका हुन्। जहाँ विपिन शीर्ष भूमिकामा देखिने छन्। फिल्ममा शर्मिलाले पाण्डेले लगानी गर्ने बताइएको छ।

यसो त विपिन कार्कीलाई दर्शकले भस्मे डन उपनामले धेरै चिन्ने गर्छन्। चलचित्र ‘पशुपति प्रसाद’मा विपिनले भूमिका निर्वाह गरेको पात्र हो भस्मे डन।

‘पशुपति प्रसाद’बाट चर्चा पाएका विपिनले ‘पशुपति प्रसाद (२’मा काम नर्गने भएका छन् ।

दोस्रो सिक्वेलमा विपिनले ठूलो पारिश्रमिक मागेका कारण उनलाई फिल्ममा लिन नसकिएको बताइएको छ ।

रमेश खरेलले काठमाडौं क्षेत्र न १ बाट चुनाव लड्ने : नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र न. १ बाट चुनाव लड्ने तयारी थालेका छन् । आफू नेतृत्वको सुशासन पार्टीबाट काठमाडौं क्षेत्र न. १ बाट मकै चिन्ह लिएर नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल चुनाी मैदानमा जाने तयारी गरेका छन् ।

प्रहरी सेवामा छँदा पनि निकै खरो रुपमा प्रस्तुत भएका खरेल सेवाबाट अवकाश पाएपछि खरेल भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छन् । प्रहरीमा छँदा पनि उनी आक्रामक शैली र खरो अभिव्यक्तिका कारण पटकपटक चर्चामा आउने गरेका थिए ।

खरेलसँगको एक सेल्फी सार्वजनिक गर्दै कलाकार तथा निर्माता निर्मल शर्मा गैँडाले खरेल काठमाडौं क्षेत्र न। १ बाट चुनाव लड्ने तयारीमा लागेको भन्दै तस्विर सहित छोटो स्टाटस पोस्ट गरेका छन् ।

यसअघि काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिने तयारी गरेता पनि अन्तिम समयमा आएर खरेलले स्थगीत गरेका थिए । खरेलले सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि उनले २८ चैत २०७४ मा नेपाल प्रहरीबाट राजीनामा दिएपछि विभिन्न कामका माध्यमबाट चर्चामा नै रहीरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्