काठगमाडौंको लैनचौरस्थित दूतावास भित्र सुरक्षाकर्मी ३२ वर्षीय दिपकले आफैलाई राइफलको गोली कन्चटमा हाने, घटनास्थलमै मृत्यु



काठमाडौं, २० असार :

काठगमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी हात्महत्या गरेका छन् ।

दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र हात्महत्या गरेका हुन् ।

उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

डेनिस सपिङ मल गोलाबारीका संदिग्धमा मानसिक स्वास्थ्य समस्याः प्रहरी:डेनमार्कको राजधानी कोपन हेगनको एक सपिङ मलमा आक्रमणका संदिग्धको मानसिक स्वास्थ्य समस्या हुन सक्ने प्रहरीले जनाएको छ । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो संदिग्ध व्यक्ति मनोचिकित्सक सेवाहरूमा पनि परिचित छ, यस बाहेक म टिप्पणी गर्न चाहन्न ।’

सपिङ मलमा उनले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो । त्यस्तै, आक्रमणमा अन्य तीन जना गम्भीर घाइते भएका थिए । आक्रमणकारीले जथाभावी ढंगले हिर्काएको र उक्त कार्य आतंकबादसँग संकेत गर्न नमिल्ने उनले बताए । २२ वर्षीय आक्रमणकारीले पूर्व तयारी गरेको तर उनले एक्लै हमला गरेको प्रहरीको भनाइ छ । ‘उसले एक्लै आक्रमण गरेको देखिन्छ’, प्रहरीले भनेको छ ।

मारिने तीन जना डेनमार्कका १७ वर्षीय किशोरी, अर्का किशोर र डेनमार्कमा बस्ने ४७ वर्षीय रुसी नागरिक छन् । गोली लागेर दुई डेनिस महिला र दुई जना स्वीडेनका नागरिक घाइते भएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्