दुखद खबर, रहेनन् चर्चित फिल्म सम्पादक किरण अधिकारी



काठमाडौं –

नेपाली फिल्मका फिल्मसम्पादक किरण अधिकारीको निधन भएको छ । हृदयघात भएका अधिकारीको अस्पताल लैजादै गर्दा निधन भएको बताइएको छ । अधिकारीको निधनको जानकारी छायाँकार रवि कोइरालाले दिए ।

उनको आइतबार निधन भएको हो । बिचबाटो’, ‘मेरो राजेश दाई’ ‘मधेस पुत्र’ लगायत थुप्रै फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापन चलचित्र सम्पादन गरेका उनले पछिल्लो समय दाई राजु अधिकारीसँग मिलेर करुणा फिल्मस् संचालन गर्दै आएका थिए ।

छाडा तरिकाले अब गीत गाउँदैनौँ भनेपछि कुरा मिल्यो : दोहोरीमा अश्लील गीत गाँउन १३ कलाकारले माफी मागेका छन् । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले अश्लील गीत गाउने २० कलाकारलाई काटेको पत्र मध्य १३ जनाले प्रतिष्ठानमा उपस्थित भएर माफी मागेका हुन् ।

उपस्थित सबै कलाकारले अबका मितिमा आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने प्रतिबद्धता जनाएका छन्। प्रतिष्ठानले दोहोरीमा विकृति बढेको गुनासो बढ्दै गएपछि यसअघि पनि पटकपटक स्पष्टीकरण सोधेको थियो ।

कार्यदल संयोजक शिव हमालले स्पष्टीकरण सोधिएको र आइन्दा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको बताए। यसो त कतिपय अग्रज कलाकारले पनि दोहोरीका नाममा अश्लील गीत गाउने गुनासो आउने गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्