सवारी दुर्घटनामा तीन जनाको मृत्यु



काठमाडौं, २० असार :

मकवानपुर, सुनसरी र दाङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरामा ना।६ त ८०७३ नम्बरको ट्रयाक्टर सोमबार दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको छ ।

विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्रयाक्टरले च्यापिएर गम्भीर घाईते भएकी उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सवार २६ जना सामान्य घाइते भएका थिए । हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित सडकमा को।२८ प ४०९३ नम्बरको मोटरसाइकल र को।१९ प ९९६५ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा को।१९ प ९९६५ नम्बरको मोटरसाइकल चालक रजाक मिया रहेका छन् । दुर्घटनामा घाइते ३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दाङको लमही नगरपालिका–५ वयलडाडामा रा।१ स ३४५० नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया राज कुमारी चौधरीको आइतबार राति मृत्यु भएको छ ।

बाटो काट्ने क्रममा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको लमही अस्पताल हुँदै थप उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्