भिषण पहिरोमा परेर ४० जनाभन्दा बढीको मृत्यु, बेपत्ता भएका २० जना अझै भेटिएनन्



नयाँ दिल्ली–भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजी भइरहेको छ । बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन् । भारी वर्षाले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

बिहानै ४० विद्यार्थी सवार बस पल्टियो, १६ जनाको मृत्यु:भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् ।

कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

के तपाई आज सुनचाँदी बिन्दै हुनुहुन्छ यस्तो आजको बजार भाउ:साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । आज पनि चाँदीको भाउ आइतबारकै अनुसार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्