वास्तवमा मैले त्यसरी भिडियो बनाएकै थिइन : प्रमुख सचेतक गुलाबजंग शाह



काठमाडौँ ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह एकाएक भाइरल बने । उनी भाइरल बन्नुको कारण हो एउटा टिकटक भिडियो ।

जिल्ला नेतृ टिका वलीको अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएसँगै अनेक टिका टिप्पणी गरियो ।

अन्तत उनै नेता शाहले आफूमाथि अन्याय भएको भन्दै पज्ञकार सम्मेलन गरेका छन् । उक्त भिडियो आइतबार भाइरल बने लगत्तै सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले टिकटक भिडियो प्रविधिको दुरुपयोग गरेर आफ्नो खिल्ली उडाइएको बताए ।

उनले उक्त भिडियोमा आफ्नो कुनै भूमिका नभएको भन्दै आँफुमाथि अन्याय भएकाले न्यायको अपेक्षा राखेर पत्रकार सम्मेलन गरेको बताए ।

आइतबार सार्वजनिक टिकटकमा सल्यानकै जिल्ला सदस्य टिका वलीसँग ‘माया जाल बन्छु म’ बोलको गीतमा रोमाञ्च गरिरहेको भिडियो देखिन्थ्यो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । नेता शाहले उक्त भाइरल भिडियोमा आफूलाई कुनै रियाक्शनबिना सुताइएको बताए ।

‘इमोसनले’ ढङ्गले प्रस्तुत भएको छ । मेरा आँखासँगै जुँगापनि ठूला–ठूला बनाएर प्रस्तुत गरिएको छ ।

सो अवसरमा नेता शाहले समाजमा नकारात्मक सन्देशहरू र विकृत हुने भएकाले आफूले त्यस्तो हर्कत नगरेको दाबी गरे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्