चलचित्र ‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल निमार्ण हुने, के पुरानै कलाकार दोहोरिएलान ?



काठमाडौ, २१ असार:

चर्चित चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ ।सो चलचित्रमा अभिनय गरेका पुरानै कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिएका छन ।

ठकुरी परिवारको एक गरिब पुरुष ‘टलकजंग’ को मनोदशा र अवस्थीतिमा केन्द्रित उक्त चलचित्रमा ‘हनुमान’ र ‘भष्मे डन’ लगायत चर्चित पात्रहरुले दशर्कलाई लामो समयसम्म बाँधीरहेको बेला निमार्ण पक्षले सो चलचित्रको सिक्वेल बनाउन लागिएको बुझिएको छ ।

निश्चल बस्नेतले निर्देशन गरेको सो चलचित्रमा दयाहाङ राई, बिपिन कार्की, खगेन्द्र लामिछाने, ऋचा शर्मालगायत कलाकार मुख्य भूमिकामा थिए । माओवादी सशष्त्र युद्धकालको आसपासमा भएका घटनालाई चलचित्रमा कलात्मक तरिकारले गरेको प्रस्तुतीलाई दर्शकहरुले रुचाएका थिए । ‘टलकजङ्ग भर्सेस टुल्के’को कथा तथा पटकथा भने कलाकार लामिछानेले लेखेका हुन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्