धुमधामले विबाह गर्ने तयारी गरेकी नायिका नीता ढुंगानाले याक एण्ड यतीमा दिइन् भव्य ‘ब्याचलर पार्टी’



काठमाडौं ।

सुन्दरी नायिका नीता ढुंगानालाई यतिबेला आफ्नै विबाहको चटारो छ । करिब ३ वर्षदेखि प्रेममा रहँदै आएकी निताले सोमबार होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिइन् ।

सिंगल जीवन सकिएको भन्दै नायिका निताले आफ्ना केही नजिकका साथीलाई सोमबार होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिएका तस्विरहरु सामाजिक संजालबाट सार्वजनिक गरिन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमै बिहान १० बजेदेखि आयोजना हुने वैवाहिक कार्यक्रममा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।

नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आगामी शुक्रबार अर्थात २४ असारमा विवाह गर्न लागेकी हुन् । उनले विवाह समारोहको निम्तो समेत सबैलाई बाँडिसकेकी छन् ।

नीत प्रस्ट बोल्ने र बोलेको कुरा पुरा गर्ने नायिकाको परिचय बनाएकी सुन्दरी अभिनेत्री हुन् ।

उनले केही चर्चित भारतीय कलाकारहरुलाई लिएर पिल्म ह्स्वदिर्घको घोषणा गरेकी छिन् । जसको बजेल करिब १० करोड भनिएको छ । जुन नेपालकै अहिलेसम्मको महंगो हुने समेत दाबी गरिउको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्