एक दर्जन पति फेरेर भाइरल बनेकी यी महिना भन्छिन् १३ औ पटक विबाह गरेपछि बल्ल मेरो इच्छा पुरा हुन्छ



एजेन्सी :

अमेरिकामा बस्ने एक महिलाको बैबाहिक जीवन पटक पटक असफल भएको घटना बाहिर आएको छ ।

ति महिलाको बिहे एक पटक दुई पटक तीन पटक या चार पटक नभइ १२औं पटक पनि असफल भएको छ ।११ पटक बिहे गरिसकेकी उनको पछिल्ला दिनमा १२औं बिहे गर्ने कोसिस गरेपनि बाह्रौं बिहेचाहिं इन्गेजमेन्टमै पुगेर अन्त्य भएको बताइएको छ ।

डेलीस्टारको रिपोर्ट अनुसार ५२ वर्षकी मोनेट डियासको जीवनमा यस्तो घटना भएको हो । पेशाले इन्टेरियर डिजाइनर रहेकी मोनेटले ११ वटा बिहे र एउटा इन्गेजमेन्ट गरेर पनि अहिले एकल जीवन बिताउन बाध्य भएको बताइएको छ ।

बिहे गर्ने र डिभोर्स गर्ने क्रम चलिरहँदा उनको ११औं बिहे पनि टुट्यो । अब चाहिं उनको ९मोनेट० जीवनमा कुनै पनि पुरुष लेखेको रहेनछ भन्ने परिवारलाई लागेको छ रिपोर्ट अनुसार ११औं पतिबाट अलग भएसँगै नयाँ पार्टनरको खोजीमा मोनेट टिएलसी टेलिभिजनको रियालिटी शो Addicted to Marriage’ मा गएको सिरिजमै उनको जोनसँग भएको तर इन्गेजमेन्ट भइसकेपछि पनि अचानक उनीहरूको ब्रेकअप भएको बताइएको छ ।

जोनसँगको ब्रेकअप आफ्ना लागि निकै कठिन रहेको मोनेट बताउँछिन् । आफूले जोनलाई निकै माया गर्ने गरेको र सम्बन्ध जोगाउनका लागि धेरै प्रयास गरेको भए पनि सफल नभएको उनी बताउँछिन् ।१२औं पटकसम्म ब्रेकअप भए पनि मोनेटको आशा अझै जिवितै रहेकार एकदिन सच्चा जीवन साथी भेटिनेमा उनी आशाबादी रहेको बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्