धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको ८३ लाख रुपैयाँसहित ईश्वर र १९ वर्षीय राजेश फिल्मी शैलिमा समातिए



काठमाडौ :

धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिनुभयो । प्रहरीले भारतबाट ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा रकम बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

दुवैजनालाई आवश्यक कारबाहीका लागि रकमसहित जिल्ला भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

राज्यद्रोहको आशंकामा पक्राउ परेका रुसी वैज्ञानिकको मृत्यु:गत हप्ता साइबेरियामा राज्यद्रोहको आशंकामा पक्राउपछि मस्कोतर्फ लगिएका रुसी वैज्ञानिकको मृत्यु भएको छ । उनको मृत्यु भएको उनका वकिल र परिवारका सदस्यले पुष्टि गरेका छन् । उनी क्यान्सरबाट पीडित थिए ।

पक्राउ लगत्तै ५४ वर्षीय भौतिकशास्त्री दिमित्री कोल्करलाई लेफोर्टोभो जेलमा राखिएको थियो । बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई नलीबाट खुवाइएको थियो । उनीमाथि लागेका आरोप आधारहिन भएको उनका भाइ एन्टोन डियानोभले बताए । उनीमाथि राज्यका गोप्य विषय चीनलाई जानकारी दिएको आरोप लागेको छ ।

‘उहाँ एक वैज्ञानिक हुनुहुन्थ्यो ।उहाँ आफ्नो देशलाई माया गर्नुहुन्थ्यो । विदेशमा काम गर्न प्रमुख विश्वविद्यालय र प्रयोगशालाको निमन्त्रणाका बाबजुद आफ्नो देशमा काम गरिरहनुभएको थियो’, डियानोभले भने, ‘उहाँ रुस काम गर्न चाहनुहन्थ्यो । ’ उनीमाथि लागेका सबै आरोप हास्यास्पद भएको उनले बताए ।

केही रूसी वैज्ञानिकहरूलाई हालैका वर्षहरूमा विदेशीहरूलाई संवेदनशील सामग्री पठाएको आरोपमा पक्राउ गरी देशद्रोहको आरोप लगाइएको छ। उनीहरुमाथिको आरोप निराधार भएको क्रेमलिनका आलोचक बताउँछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्