प्रेमी राहुल मोक्तानसँग पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् विबाह



काठमाडौं :

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानले विबाह गरेका छन् । काठमाडौंमा मंगलबारयो जोडीले नेवारी परम्पराअनुसार विवाह गरेका हुन् । विवाह समारोह निकट आफन्त र परिवारको उपस्थिति रहेको थियो ।

दुलाहा–दुलहीको पहिरनमा सदीक्षा र राज आकर्षक निकैसुन्दर अनि खुशी देखिएका थिए । पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए । विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए ।

सदीक्षाले हालै डान्सिङ स्टार्स नेपाल रियालिटी शोमा कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् भने राहुल र सदीक्षा केही वर्षयतादेखि प्रेमसम्बन्धमा थिए ।

माओवादी केन्द्रको बैठक सर्‍याे :नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्