अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवा स्वयंले सम्हाले



काठमाडौं, २२ असार :

अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रीविहीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट अर्थमन्त्री शर्मा राजीनामा दिएको हुनाले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेकी छन् ।

बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको जानकारी दिइएको छ ।

दार्चुलामा तुइन चुँडिदा महाकाली नदीमा १८ वर्षीय सचिन बेपत्ता, खोजी कार्य जारी : तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका(२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।

तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सल्यानमा अरिङगालले टोकेर ७ वर्षीय देवदर्शनको मृत्यु, गएका थिए खेतमा बाख्रा चराउन; सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका(४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिङगालले टोकेको थियो । रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्