ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा, १३३ जना तिब्र गतीमा चलाउने



काठमाडौं, २३ असार :

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२८ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५१ जना, मदिरा पिएर सवारी साधन चलाउने १३३ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९८ जना, लेन उल्लंघन गर्ने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६८ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५५ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३२ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्