९ जना प्रहरी बेहोस भएपछि अस्पताल भर्ना, दुई जनाको अबस्था चिन्ताजनक



कैलाली ।

कैलालीको धनगढीमा दौडने क्रममा लडेर नौं जना प्रशिक्षार्थी (तालिमे) प्रहरी जवान घाइते भएका छन् । नयाँ भर्ना भएका तालिमे प्रहरी जवानहरू अत्यधिक गर्मीका कारण लड्दा घाइते भएको बताइएको छ ।

घाइते मध्य दुई जनालाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको र सात जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुई जना जवानको भेन्टिलेटर राखेर उपचार भइरहेको छ ।

उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । बिहान शारीरिक व्याम अन्तर्गत १० किलोमिटर दौड थियो, ९ जना बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो’ । बेहोस हुनेमा सरोज चौधरी, प्रशान्त रावत, दिनेश सुनार सन्तोष नेपाली, हरि बिक, अर्जुन थारु, भरत बिष्ट, हरिनारायण राना र ताराप्रशासद पुलामी मगर छन् । जसमा सरोज चौधरी र प्रशान्त रावतको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो पनि, कर्णाली प्रदेशका पाँच जिल्लाका कारागारको भौतिक अवस्था जीर्ण र साँघुरा हुँदा कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ । सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोटमा रहेका कारागार भवनहरुको अनुगमनमा भौतिक अवस्था कमजोरसँगै कैदीबन्दीलाई सकस भएको पाइएको हो ।

‘सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको क्षेत्रमा छ,’ कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले भने, ‘प्रदेशका कारागारहरूको अवस्था र कैदीबन्दीले भोग्नु परेका समस्या बुझ्न म कारागारहरूको अनुगमनमा हिँडेको थिएँ, प्रतिवेदन तयार गर्न लागेको छु । कारागारहरूको अवस्था जीर्ण भएको, साँघुरा भवन हुँदा कोच्चिएर बस्नु परेको, खेलमैदान तथा मनोरञ्जनको व्यवस्था नभएको, खानेपानीको अभावजस्ता समस्या भोग्नु परेको पाएको छु ।’

मुख्य न्यायाधिवक्ता श्रेष्ठले सुर्खेतमा भवन साँघुरो हुँदा कैदीबन्दी कोचिएर सुत्नु परेको, दैलेखमा भवन राम्रो भए पनि खानेपानी अभाव भएको र अन्य जिल्लाका कारागारमा भवनकै समस्या रहेको उनले बताए । त्यस्तै जिल्लाका हिरासतहरुसमेत जिर्ण भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार यहाँको हिरासत अवस्थासमेत दयनीय छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्