भखरै बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलका बिद्यार्थी बोकेको बस दुर्घटना



सिरहा, २३ असार

सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।

त्यस्तै, पर्वतको कुश्मा नगरपालिका–१ माल्ढुङगास्थित बेनी मालढुङगा सडक खण्डमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडामा बिहीबार बिहान अबिरल वर्षाको कारण सडक माथिबाट ढुङ्गा माटो बगि सडकमा आउँदा दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडीमा बिहीबार बिहान अविरल वर्षाको कारण पहिरो आउँदा गोकुलेश्वर–दार्चुला सडकखण्ड अवरुद्ध भएको छ ।

नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सबै ठाउँको सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्