६ जना मृत अवस्थामा फेला



काठमाडौं, २३ असार :

देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । ललितपुर, तेह्रथुम, कैलाली, पर्वत, रौतहट र मोरङमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बसपार्क नजिक पाटीमा करिब ५० वर्षीय रेशम लामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

तेह्रथुमको फेदाप गाउँपालिका–१ ओख्रे बस्ने ४० वर्षीय कर्ण बहादुर खड्का सोही ठाउँस्थित कुरूङबाङ चोक नजिक बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्क पछाडी गोदावरी नगरपालिका–४ बास्कोटा बस्ने ६० वर्षीय इन्द्र मल्ल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

पर्वतको फलेबास नगरपालिका–४ थुमीस्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहटको गौर नगरपालिका–३ स्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कस्थित कुर्सीमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्