१२ वर्षीय सुजितसहित डुबेर तीन जनाको मृत्यु



काठमाडौं, २३ असार :

बाँके, कपिलवस्तु र नवलपरासी ९पश्चिम०मा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुरूवा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसिको बुधबार दिउँसो मृत्यु भएको छ । वलपरासी९पश्चिम०को प्रतापपुर गाउँपालिका–९ माधवपुर बस्ने राज कुमार चमारको १८ महिनाको छोरा बिर्जा चमारको आफ्नै घर नजिक खाडलको पानीमा डुबेर बुधबार दिउँसो डुबेर मृत्यु भएको छ ।

करेन्ट लागेर दुई जनाको मृत्यु:करेन्ट लागेर मकवानपुर र कपिलवस्तु दुई जनाको मृत्यु भएको छ । मकवानपुरको बाकैया गाउँपालिका–६ गबर स्थान बस्ने ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर बुधबार मृत्यु भएको हो ।

आफ्नै बारीमा रोपाई गर्नको लागि घर नजिकैको पोखरीबाट मोटर जडान गरी पानी तान्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ ।

महाराजगन्ज नगरपालिका–१० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्