ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिए कमल थापाले, पुष्प गुच्छा चढाएको तस्विर नै पोष्ट्याए



काठमाडौं :

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले जन्मदिनको शुभकामना दिएका छन् ।

थापाले सामाजिक सञ्जाल मार्फत शाहलाई जन्मदिनको शुभकामना दिएका हुन् ।

लामो समय संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहेका थापा राप्रपा महाधिवेशनमा पूर्वराजपरिवारको असहयोगका कारण आफू पराजित भएको भन्दै सो मुद्दालाई नै छाडेका छन् ।

तर आज भने पूर्वराजालाई पुष्पगुच्छा दिँदै गरेको तस्बिर राखेर फेसबुकमार्फत शुभकामना दिएका छन् ।

जसमा उनले ‘राजा ज्ञानेन्द्र’ भनी सम्बोधन गरेका छन् ।उनले लेखेका छन्, ‘७६औँ शुभजन्मोत्सवको सुखद अवसरमा राजा ज्ञानेन्द्रमा सुस्वास्थ्य, सुख र शान्तिको हार्दिक मंगलमय शुभकामना ।’

यसो त आज सामाजिक सञ्जालमा शाहलाई नका समर्थक तथा शुभेच्छुकहरूले पनि शुभकामना दिइरहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट ६७ वर्षमा लागे, जन्मदिनमा क–कसले दिए शुभकामना ? : पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट ७५ वर्ष पुरा भएर ७६ बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा ज्ञानेन्द्रलाई शुभकामनाको ओइरो लागिरहेको छ ।

२००४ साल असार २३ गते काठमाडौँमा जन्एिका ज्ञानेन्द्र शाह विसं २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि राजा बनेका हुन् ।

राजा भए लगत्तै विसं २०६१ माघ १७ गते प्रत्यक्ष शासन हातमा लिएपछि नेपालका प्रमुख राजनीतिक दलहरुले उहाँविरुद्ध २०६२–०६३ मा जनआन्दोलन गरेपछि उनी सत्ताच्युत भएर नारायणहिटी दरबार छाड्न बाध्य बनेका थिए ।

नेपाली साहित्यमा जी शाहको नामले परिचित उनका एकमात्र छोरा पारस विन्नि कारण बद्धाम हुन पुग्दा उनको परिवारलाई ठूलो धक्का लाग्दै आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्