माछा मार्ने तीनवटा डुङ्गामा आगलागी : ३ जना गम्भीर घाइते, बेपत्ता भएका २ जनाको खोजी गर्ने हेलिकप्टर परिचालन गरियो



सियोल:

दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा माछा मार्ने तीनवटा डुङ्गामा आगलागी हुँदा तीन जना घाइते हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् ।
स्थानीय समय अनुसार बिहान १०स्१७ बजे जेजुको हलिम बन्दरगाहमा माछा मार्ने डुङ्गाबाट आगलागी भएको र सँगै छेउमा रहेका अन्य दुईवटा डुङ्गामा फैलिएको योनहापले अग्नि नियन्त्रक अधिकारी र तटरक्षकलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

गम्भीररूपमा जलेको अवस्थामा रहेका तीन जनालाई अस्पताल पठाइएको छ ।त्यसैगरी कम्तीमा अन्य दुई जना अझै बेपत्ता छन् । आगो निभाउन र बेपत्ता व्यक्तिहरूको खोजी गर्न तटरक्षक उद्धारकर्ता, गस्ती जहाज र एक हेलिकप्टर परिचालन गरिएको जनाइएको छ ।

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना, शिशुको मृत्यु:कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो ।

तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त सवार थिए । उनीहरू समेत घाइते भएका छन् । घाइतेहरूको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स अनियन्त्रित भएर घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन् । दुर्घटनामा परी अनितासँगै २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक रमेशसिंह बुढाथोकीले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्