बुढीगंगाको मतदानमा तनाव, ठुलो संख्यामा सुरक्षाकर्मीको परिचालन गर्दा पनि स्थिती नियन्त्रणबाहिर जाने डर प्रहरीले चलायो गोली



काठमाडौं २३ असार ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धाँधली भएपछि स्थगित भएको एक मात्र गाँउपालिका बाजुराको बुढीगंगामा ठुलो मात्रामा सुरक्षाकर्मीको परिचालन गर्दा पनि फेरि तनाव भएको छ ।

बुढीगंगा नगरपालिका – ९ को त्रिशक्ति मावि मतदान केन्द्रमा भइरहेको मतदानमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिितलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरीको हवाई फायर गरेपछी स्थिति सामान्य बनेको बताइएको छ ।

कुनै बेला ८ घण्टा काम गरेर ५ सय रुपैया लिएकी अभिनेत्री सामन्थाले अहिले लिन्छिन् ५ करोड, भइन निकै महंगि : सामन्था रुथ प्रभु वेब सिरिज फेमिली म्यानबाट बलिउडमा हिट भइन् । सामन्था रुथ प्रभु एक चर्चित व्यक्तित्व हुन्, उनी तेलुगुमा मात्र नभई विश्वव्यापी रूपमा अभिनेत्री हुन्।

त्यसो त सामन्थाले फिल्मको लागि कति पारिश्रमिक लिने भन्ने कुरामा पटक पटक चर्चा हुने गरेको छ । तर, उनको पहिलो तलब कति थियो थाहा छ ? सामन्थाको एउटा पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यस थ्रोब्याक भिडियोमा, सामन्थाले आफ्नो पहिलो तलब कति थियो र कसरी कमाएकी थिईन् भन्ने बारे खुलासा गरेकी छिन्। भिडियोमा सामन्थाले भनिन्– ‘मेरो पहिलो कमाइ रु ५०० थियो, जुन मैले ८ घण्टा काम गरेर कमाएको थिएँ । म कक्षा १० वा ११ मा पढ्दा होटलमा चलिरहेको सम्मेलनमा ८ घण्टा सहयोग गरेँ । यो कुरा सामन्थाले इन्स्टाग्रामको आस्क मी एनिथिङ सेसनमा बताएकी थिइन्, जसको भिडियो धेरै फ्यान पेजले शेयर गरेका छन् ।

रिपोर्टका अनुसार सामन्थाले एउटा फिल्मका लागि ३ देखि ५ करोड भारु लिन्छिन् । एकै समयमा, सामन्थाले स्टेज प्रदर्शन वा नृत्य नम्बरको लागि समान रकम लिने गरेकि छिन् । सामन्थाले फिल्मका लागि मात्र नभई ब्रान्ड प्रमोशनका लागि पनि ठूलो रकम लिन्छिन् । हालै उनले इन्स्टाग्राममा बिकिनीको प्रचार गरेकी छिन् । सामन्थाले इन्स्टाग्राममा यी ब्रान्डका तस्बिरहरू पोस्ट र प्रचार गरेबापत २ देखि ३ करोड रुपैयाँ पाउने गरेकी छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्